हिपमत डटकम

बिहिबार, आश्विन ०७, २०७८ || 578  पटक पढिएको

काठमाडौं । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा। सुरज रानाको नेतृत्वमा १३ जना चिकित्सकको टोलीले उपत्यकास्थितका महिला प्रहरी कर्मचारीहरु, ट्राफिक प्रहरी कर्मचारीहरु र तिनका आश्रित बालबालिकाहरु समेत गरी २ बालक सहित १ सय ११ जना पुरुष र २ बालिका सहित ९२ जना महिला गरी जम्मा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरेको हो । साथै परीक्षणको आधारमा आवश्यक औषधि समेत वितरण गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त आयोजनामा “महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बालबालिका सम्बन्धी रोगहरु र ट्राफिक प्रहरी कर्मचारीहरुको छातीको रोग सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम” अन्तर्गत उक्त परीक्षण गरिएको हो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापा लगायत संघका पदाधिकारीहरु, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!