नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुने भएको छ । बिहीबार बसेको संघीय संसदको राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई निर्देशन दिन राय पेश भएको छ।
क्षेत्रीले पदको दुरुपयोग गरेर अकुत सम्पति कमाएको र भ्रष्टाचार गरेको भन्दै छानविनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेको थियो । उनले पदको दुरुपयोग गरी कमाएको रकम राष्ट्रियकरण गरी कानुनी कारवाही गर्नु पर्ने, २०६० सालको तत्कालीन द्वन्द्वमा परेकाले पेन्सनबाहेक अन्य सेवा लिन नपाएको, आर्मी कल्याणकारी कोषबाट तलब भत्ता लिएको लगाएतको उजुरी परेको थियो।अन्नपूर्ण पोस्ट्बाट