शुक्रबार, फाल्गुण ०२, २०७६ || 1126  पटक पढिएको

विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ । नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्दछन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भन्न यही गुलाव चाहिन्छ । जुनभावना व्यक्त गर्न वर्षौंसम्म सकिँदैन तर गुलावको फूल त्यो भावनालाई प्रतिविम्बित गर्न काफी मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । भ्यालेन्टाइन डेको रौनक बढेपछि नजिकै भए भेटेर रातो गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउने चलन छ ।

प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । राजधानीको खिचापोखरीस्थित हलमार्कका बिक्रेता रुपेश कार्की वर्ष दिनमा सबैभन्दा बढी व्यापार यसै बेला हुने बताउनुहुन्छ । यस्ता पलसमा रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, पफ्र्युम, चकलेट जस्ता सामान बढी बिक्री हुने पाइएको छ । दरबारमार्गस्थित आर्चिज ग्यालरीमा सामान खरिद गरिरहनुभएका हरिश न्यौपाने प्रेम गर्ने शैली बदलिएकाले प्रेमिकाका लागि उपहार किन्ने चलन बढेको बताएका छन् ।

‘आफ्नो संस्कृतिलाई संरक्षण गर्नुपर्छ पश्चिमी संस्कृतिलाई किन महìव दिने’ इन्टेनसिभ कलेजमा स्नात्तक तेस्रो वर्षमा अध्ययनरत रिमा महर्जन भन्छिन् । अर्काको संस्कृतिलाई अनुशरण गर्नु त्यति राम्रो होइन प्रेम अभिव्यक्त गर्न वा यसको बहानामा रमाइलो गर्न रेस्टुरेन्ट जाने संस्कृति मात्र सुरु भएको छ ।’ प्रणय दिवसका लागि यस वर्ष भारतबाट एक करोड ५० लाख रुपियाँको एक लाख ६० हजार ‘स्टिम’ गुलाब आयात गरिएको छ । (गोखरापत्र दैनिकबाट)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!