ह्वाइट हाउसबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लोरिडा निवासी २५ वर्षीय रोजर हेजपेथ रहेका छन् । वासिङ्टन डिसी मेट्रोपोलिटन प्रहरीका अनुसार ती व्यक्ति ह्वाइट हाउसबाहिर रहेका अमेरिकी गुप्तचर सेवाका अधिकारीसमक्ष ‘म यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न आएको हुँ’ भन्दै पुगेका थिए । प्रहरीका अनुसार ती व्यक्तिको साथबाट एउटा चक्कु पनि बरामद गरिएको छ । पक्राउ गर्ने गुप्तचर विभागका अधिकारीले ती व्यक्तिको मानसिक अवस्था ठीक नभएको जानकारी प्रहरीलाई दिएका छन् । उनलाई अहिले मानसिक अस्पताल लगिएको र त्यहाँ उनको मानसिक स्वास्थ्य अवस्थाको परीक्षण गरिनेछ । त्यसपछि उनीमाथि थप कारवाही प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!