आइतबार, माघ २६, २०७६ || 1512  पटक पढिएको

पशुपतिनाथ मन्दिरमा एक अर्ब रुपैयाँको जलहरी राखिने भएको छ। गर्भगृहमा पुजिने शिवलिंग राखिने जलहरी सुनको बनाइने भएको हो।

पशुपति क्षेत्र विकास कोषले १ सय ४१ किलो सुनको भव्य जलहरी बनाउने भएको हो। सुनको आजको दरभाउअनुसार ९१ करोड ८७ लाख २४ हजार दुई सय ७५ रुपैयाँ लगानी गरेर जलहरी बनाउने भएको छ। यसअघि यो जलहरी चाँदीको छ।

हाल सञ्चालनमा रहेको चाँदीको जलहरी जीर्ण भएर चारैतिरबाट चुहिने भएपछि नयाँ बनाउने क्रममा कोषले सुनको बनाउन लागेको हो। यसका लागि कोषका कोषाध्यक्ष डा। मिलनकुमार थापाको संयोजकत्वमा १० सदस्यीय श्रीको जलहरी निर्माण व्यवस्था समिति गठन गरिएको छ।

यसमा मूलभट्टसहित चार भट्टलाई सल्लाहकार राखिएको छ। डा। थापाले परिषद्को बैठकले १ सय ४१ किलोको सुनको जलहरी राख्ने निर्णय गरेर काम अगाडि बढाउने विषय पारित गरेको जानकारी दिए।

उनले भने, ‘जलहरी निर्माणका लागि भक्तजन र दातालाई सार्वजनिक सूचनामार्फत आह्वान गर्दै छौं। उनीहरूले आफूले सुन खरिद गर्न चाहेको रकम बैंकमा जम्मा गर्न सक्नेछन्।’

दाताले एक तोला सुन बराबरको रकम वा सोभन्दा कम रकम सोही दिन चलेको सुनको मूल्यांकन दररेटअनुसारको रकम कोषले तोकेको बैंकमा जम्मा गर्न सक्नेछन्। कोषले यसका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबीआई बैंकमा खाताको व्यवस्था गर्दैछ।

भक्तजन÷दाताले एक तोलाभन्दा माथि जति तोलासम्म पनि अर्पण गर्न सक्ने प्रावधान राखिएको छ। एक तोला सुनबराबरको रकम जम्मा गर्ने दाताको नाउँ अभिलेख पुस्तिकामा समावेश गरिनेछ भने नाम गोप्य राख्नेको नाम स्मारिकामा उल्लेख गरिनेछैन।

दाताले सुन खरिदका लागि बैंकमा जम्मा गरेको भौचर कोषलाई उपलब्ध गराए कोषको आधिकारिक वेबसाइटमा राखिने भएको छ। अन्नपूर्ण पोस्ट्बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!