शनिबार, माघ २५, २०७६ || 731  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ ,माघ २५: विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो जित हासिल गरेको छ । त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि जित हासिल गरेको हो ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १९१ रनको लक्ष्य पाएको अमेरिकाले ४४ ओभर एक बलमा १५५ रनमात्र बनाउन सक्यो । अमेरिकाको सुरुवाती ब्याटिङ लाइनलाई नेपाली बलरले क्रिजमा टिक्न दिएनन् । १३ रन बनाएको अवस्थामै अमेरिकाका चार ब्याट्सम्यान पवेलियन फर्किसकेका थिए । ६५ रनको स्कोरमा ७ विकेट गुमाइसकेको अवस्थामा इयान होलान्ड र क्यामरुन स्टेभसनले अमेरिकाका लागि गतिलो साझेदारी गरेका थिए । उनीहरुले आठौँ विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । होलान्डले अमेरिकाका लागि सर्वाधिक ७५ रन बनाए । त्यस अतिक्ति क्यामरुन स्टेभेन्सनले १९ र करिमा गोरले १० रन बनाए । नेपालका लागि करण केसीले चार, सुशान भारीले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई र कुशल मल्लले एक विकेट हात पारे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा चार बल बाँकी छँदै सवै विकेट गुमाएर १९० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारी र कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । भण्डारीले ५९ र मल्लले ५० रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!