हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 459  पटक पढिएको

सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ ।

सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।

जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य चौकी, फत्तेपुर मोडल पोलिक्लिनिक हुँदै उपचारका लागि चौधरीलाई विराटनगर लगिएको थियो ।

सात महिनाकी गर्भवती समेत रहेकी चौधरीको विराटनगरस्थित विराट नर्सिङहोम अस्पतालमा मङ्गलबार मृत्यु भएको हो ।

तीन दिनअघि गर्भमा रहेको शिशुलाई मृतावस्थामा निकालिएको थियो । आइसीयूमा राखेर उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो । मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!