रामकुमार परियार

बिहिबार, आषाढ १२, २०८२ || 5238  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिका वडा नं ६ को बालबालिका लक्षित कार्यक्रम अन्तरगत वडा नं ६ को सहयोग एवम् नव जागरण युवा क्लबको आयोजनामा बिहिवार भातेगौंडा स्थित रामजानकी आधारभुत विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडा नं ६ र आसपासका वडाहरु पथरी शनिश्चरे वडा नं ४ र ५ , यस्तै सुनवर्षी १ का गरि १४ वटा सामुदायिक र निजि विद्यालयहरु बिच हाजिरिजवाफ , वक्तृत्वकला र हस्तलेखन प्रतियोगिता सञ्चालन गरिएको थियो ।

वडा नं ६ का अध्यक्ष कृष्ण कुमार बस्नेतको प्रमुख आतिथ्य रहेको कार्यक्रममा क्लबका अध्यक्ष गोविन्द लिम्बुको अध्यक्षता रहेको थियो भने वडा नं ४ का अध्यक्ष लोकनाथ न्यौपाने , वडा नं ५ का अध्यक्ष चेतेन्द्र खड्का , स्थानीय समाजसेवी , सरोकारवाला तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हाजिरिजवाफ प्रतियोगितामा सुगाहट मावी प्रथम भयो भने दोस्रो र तेस्रो क्रमशः डन बस्को हसन्दह र ब्राईट सनराईज बोर्डिङ स्कुल भए । यसैगरी वक्तृत्वकलामा ब्राईट सनराईजकि कृषा बाँस्तोला प्रथम भईन भने दोस्रो र तेस्रो पुरस्कार हसन्दहस्थित अमरसिंह माविका आकृति चौधरी र लिला खत्रीले जिते ।

यस्तै हस्तलेखन प्रतियोगिता तर्फ डन बस्को हसन्दहकि दिक्षा तामाङले प्रथम पुरस्कार जितिन भने ब्राईट सनराईजकी तुलसा खत्री दोस्रो र सुपरब मोडेल किर्तिपुरकी एन्जल लिम्बू तेस्रो भईन ।

कार्यक्रममा विजेताहरुलाई प्रमुख अतिथि तथा वडा नं ६ का अध्यक्ष कृष्ण कुमार बस्नेतले पुरस्कार वितरण गरेका थिए । उक्त कार्यक्रममा वडा नं ६ का ३ वटा सामुदायिक विद्यालयमा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप शैक्षिक सामाग्रीहरु समेत प्रदान गरिएको थियो ।

यसैगरी हाजिरि जवाफ प्रतियोगिता सञ्चालन गर्न क्विज मास्टरको रूपमा सहयोग पुर्‍याउने एलबि भण्डारी , गत वर्ष नगरपालिकामा सञ्चालित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नगरमै उत्कृष्ट स्थान हासिल गर्ने रिले दौड तर्फ रुपेश श्रेष्ठ र ५ फिट हाईजम्प तर्फ मौसम विकलाई नगद रु २ हजार सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नं ६ का वडा सदस्य विष्णु कुमार लिम्बु , स्थानीय समाजसेवी बद्री कुमार निरौला , राजनीतिक दलका तर्फबाट नेपाली काङ्ग्रेस वडा नं ६ का सभापति ज्ञानबहादुर बस्नेत , नेकपा माओवादी केम्द्रका सेक्रेटरी विरबहादुर तिम्सिना , नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि भुपेन्द्र तिमल्सिना , महिला अधिकारकर्मी मिनाकुमारी वर्मा , अस्थाई प्रहरी चौकी हदन्दहका ईन्चार्ज बालकृष्ण निरौला , ज्येष्ठ नागरिक समाजका अध्यक्ष लालबहादुर कार्की , आदिवासी जनजाती महासंघ वडा नं ६ का अध्यक्ष अर्जुन श्रेष्ठ , युवा समाजसेवी रामकुमार चौधरी , रामजानकी आधारभुत विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र राजवंशी , रामजानकी आधारभुत विद्यालय्का व्यवस्थापन समिति अध्यक्ष राजेशप्रसाद गुप्ता लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!