रामकुमार परियार

शुक्रबार, आषाढ १३, २०८२ || 19895  पटक पढिएको

पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ८ स्थित सोमबारे बजारमा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षता रहेको थियो भने उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशी राई , विभागीय प्रमुखहरु सहित विभिन्न वडाका वडाअध्यक्षहरु , कार्यपालिका सदस्यहरु , राजनैतिक दलका प्रतिनिधिहरु , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एवम् सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले नगरपालिकाको सेवा प्रवाह, योजना तथा कार्यक्रम, कार्य सम्पादन प्रणाली र जनप्रतिनिधिहरूको कार्यशैलीबारे प्रश्न राखेका थिए । नागरिकका जिज्ञासाहरूको जवाफ नगर प्रमुख मोहन प्रसाद तुम्बापो, उपप्रमुख देविमाया काफ्ले र प्रमुख प्रशासकीय अधिकृत शसि राईले दिएका थिए।

कार्यक्रममा विधागत रूपमा आएका विषयहरूमा शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, कृषि शाखाकी सबिना राई, वडा नं. ४ का अध्यक्ष लोकनाथ न्यौपाने र वडा नं. ८ का अध्यक्ष नविन कार्कीले स्पष्टिकरण र जवाफ दिएका थिए।

मध्य असारको व्यस्त समय भएपनि सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । १८ वर्षदेखि ८९ वर्ष उमेर सम्मका नागरिक कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा नागरिकले राखेका जिज्ञासाहरु सम्बोधन गर्दै नगर प्रमुख तुम्बापोले नगरपालिकामा सुशासन र पारदर्शिता कायम राख्न आफू सधैं प्रतिबद्ध भएर लागि परेको बताउनु भएको थियो । जवाफदेहिताको प्रमुख भुमिकामा रहनुभएका पालिका प्रमुख तुम्बापोले नागरिकको हितका लागि आफू सधैं तत्पर भएर लागि परेको उल्लेख गर्दै सबै जनप्रतिनिधि र कर्मचारीले जनताको हितलाई सर्वोपरि ठानेर काम गर्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशी राईले नागरिकको आवस्यकता अनुसार सेवा प्रवाहलाई चुस्त,दुरुस्त र सहज बनाउने काममा आफु लागि परेको बताउनु भयो ।

पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिमा भए गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमलाई मारुती मिडिया प्रालिले सहजीकरण गरेको थियो भने सहजकर्ताका रूपमा बाबुराम निरौलाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तस्वीरहरु : ईश्वर दुलाल

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!