हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 519  पटक पढिएको

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउँदा नेपाल भ्रमणमा आएका विदेशी पर्यटक भ्रमण सकेर आफ्नो गन्तव्यमा जान नपाएकाले त्यस्ता पर्यटकको विवरण संकलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी प्रत्येक साता कम्तीमा २–३ वटा नियमित अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न संस्थाले पर्यटन सचिवलाई निषेधाज्ञाको घोषणालगत्तै पत्र बुझाएको पनि विज्ञप्तिमार्फत स्मरण गरेको छ । तैपनि सरकारले भारतबाहेकको अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खोलेको छैन ।

विगतमा उद्धार उडानका नाममा भएका अन्तर्राष्ट्रिय चार्टर उडानहरु धेरै विवादास्पद भएकोले त्यस्तो उडानको अनुमति नदिन पनि नाट्टाले माग गरेको छ । संस्थाले मे २५, २०२१ देखि अन्तर्राष्ट्रिय नियमित उडानको लागि अनुमति दिन, नेपाल एयरलाइन्सलाई प्राथमिकतामा राखी नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका अन्य हवाई सेवालाई गन्तव्य अनुसार हप्ताको २–३ वटा नियमित हवाई उडानका लागि अनुमति दिन, कुनै पनि हवाई सेवा सञ्चालकलाई अन्तर्राष्ट्रिय गन्तव्यको लागि चार्टर उडानको अनुमति नदिन संस्थाले माग गरेको छ ।

नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकहरुको लागि कोरोनाको संक्रमणलाई मध्यनजरमा राखी नेपाल सरकारद्वारा लागू गरिएको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउन पनि संस्थाले माग गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!