हिपमत डटकम

मंगलबार, जेठ ०४, २०७८ || 549  पटक पढिएको

साताको कारोबारको तेस्रो दिन आज नेप्सेले हालसम्मकै सर्वाधिक कारोबार र उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको छ । मंगलबार (आज) नेप्से ३४ दशमलव ६८ अंकले बढेर अहिलेसम्मकै उच्च २७ सय ९३ दशमलव ८९ विन्दुमा पुगेको हो ।

त्यसैगरी आज ११ अर्ब भन्दा बढीको शेयर कारोबार भएको छ । यो हालसम्म कै नयाँ रेकर्ड हो । यसअघि माघ २६ गते १० अर्ब ६१ करोड भन्दा बढीको कारोबार भएको थियो ।

आज नेप्से परिसुचक अनुसार २१५ कम्पनीको १ लाख १५ हजार ९६१ प्टक कारोबार भएर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ बराबरको २ करोड ३१ लाख ३१ हजार ६१५ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ । मंगलबार म्यानुफ्याक्चरिङ एण्ड प्रोडक्ट समुहको बाहेक अन्य सबै उपसमुहको नेप्से सुचक बढेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!