हिपमत डटकम

मंगलबार, जेठ ०४, २०७८ || 699  पटक पढिएको

मोरङ  ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१० बस्ने २५ वर्षीय मन कुमार बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई मन कुमारले सोही ठाउँस्थित चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  कपिलवस्तु  जिल्लाको शिवराज नगरपालिका-६ कुदरबेटवा बस्ने २६ वर्षीय ईलियस मुसलमान र २१ वर्षीय सलमान मुसलमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

दाइको घरमा जाँदै गरेकी ती बालिकालाई उनीहरुले बिच बाटोबाट मोटरसाइकलमा राखी सोही ठाउँस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटा र प्रहरी चौकी वीरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!