हिपमत डटकम

मंगलबार, जेठ ०४, २०७८ || 769  पटक पढिएको

भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर–६ मा रहेको बालवन बालखोलामा जेठ १ मा एकजना पुरुषको शव भेटियो ।

करिब ३० वर्षका पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । शरिरमा कपडा थिएन, टाउको खोलामा डुबेको थियो ।

सो शवको पहिचान अझै खुल्न सकेको छैन् । शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।

मृतकको शरिरमा बाहिरी चोटपटक देखिएको छैन । कपडा केही मिटर खोला किनारमा प्रहरीले भेट्टाएको छ । शव पोष्टमार्टमका लागी दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ ।

मंगलबार शवको पोष्टमार्टम गरिने एसपी थापा​ले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!