हिपमत डटकम

मंगलबार, जेठ ०४, २०७८ || 435  पटक पढिएको

उपत्यकाका अक्सिजन उत्पादक कम्पनीहरु विरामीका आफन्तको घुइँचो हुन थालेको छ । अस्प्तालहरुमा अक्सिजन अभाव भएपछि विरामीका आफन्तले अक्सिजन व्यवस्था गर्दै आफै दौडधूप गर्न थालेका छन् ।

अस्पतालहरुले अक्सिजन व्यवस्था गर्न नसक्नेलाई भर्ना लिन मानेका छैनन् । कतिपय विरामीका आफन्तले अक्सिजन व्यवस्था गर्ने ग्यारेन्टीमा मात्र भर्ना पाउने गरेका छन् ।

विरामीका लागि अक्सिजन जोहो गर्न आफन्तहरु कम्पनीमै पुग्ने गरेका छन् । उनीहरु अक्सिजन लिएर पुग्छन् तर भोलि आउन भनिने गरेको बुझिएको छ । कतिपयले १० देखि १२ घन्टा कुरेर अक्सिजन लिएर विरामीका लागि पुर्याउने गरेका छन् ।

अस्पतालमा विरामीका लागि तयार रहने एकजना र अक्सिजनको जोहो गर्ने दुईजना गरी तीनजना खटिनुपर्ने वाध्यता छ ।

सरकारले अक्सिजनको व्यवस्था अस्पताल आफैले गर्नुपर्ने भनेपनि त्यस्तो हुन सकेको छैन । विरामीका आफन्त आफैले अक्सिजनको जोहो गर्नुपर्ने वाध्यता छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!