प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै विश्वासको मत लिने तयारी गरेकोबारे मन्त्रीहरुलाई ब्रिफिङ गरेका छन् । आज सँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । एक मन्त्रीले दिएको जानकारीअनुसार नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिले र बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने तयारी गरेको सुनाएका थिए ।

ओली बैशाख ३० गते राति संविधानको धारा ७६ को ३ अनुसार सबभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । अब उनले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक विश्वास छ । प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग नियमित छलफल गरिरहेका छन् ।

तर, ठाकुर पक्षले भने आफूहरु यसअघिझैं तटस्थ बस्ने जनाएको छ । विश्वासको मत नपाए संसद् विघटन गरेर नयाँ निर्वाचनमा मुलुकलाई डोर्याउने प्रधानमन्त्रीको तयारी छ । यो कुरा आज परराष्टमन्त्री प्रदीप ज्ञवालीले समेत खुलासा गरेका छन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिन असफल भए संसद्ले वैकल्पिक सरकार दिन नसक्ने उनको दाबी छ । त्यही भएर मुलुक चुनावमा जानुको विकल्प नहुने उनले तर्क गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!