एजेन्सी । अरब सागरबाट उठेको चक्रवात ‘ताउ ते’ को गुजरात, महाराष्ट्र र कर्नाटकसहित ७ राज्यमा खतरा छ । आँधी आज दिउँसो १२ देखि ३ बजेबीच गुजरातको पोरबन्दर तटबाट ठोक्किन सक्ने अनुमान लगाइएको छ । गुजरातमा २३ वर्षपछि यति भयानक आँधी आउन लागेको हो । यसअघि ९ जून सन् १९९८ मा कच्छ जिल्लाको कांडलामा यति भयानक आँधी आएको थियो । यसमा ११७३ जनाको मृत्यु भएको थियो र १७७४ मानिस हराएका थिए ।

गुजरातको तटिय इलाकाबाट करिब १.५ लाख मानिसहरुलाई सिफ्ट गरिँदैछ । पश्चिमी तटबाट हज्जारौं भवन खाली गरिएको छ । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) का डायरेक्टर जनरल (डीजी) मृत्युंजय मोहपात्राले राज्यका १७ जिल्लालाई अलर्टमा राखिएको जानकारी दिए । महाराष्ट्रमा मुम्बईस्थित थुप्रै तटीय जिल्लामा आँधीका कारण खोप अभियान बन्द गर्नुपरेको छ । यहाँ मुम्बईसमेत थुप्रै शहरमा अलर्ट छ ।

नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) का डायरेक्टर जनरल एस एन प्रधानका अनुसार ७ जिल्लामा एनडीआरएफका सयभन्दा बढी टीम तैनाथ गरिएको छ । आँधीको सबैभन्दा धेरै असर गुजरातमा देख्न सकिन्छ त्यसैले गुजरातमा मात्रै ५० समूह तैनाथ गरिएका छन् ।

चार राज्यमा ११ जनाको मृत्युः

कर्नाटकका विभिन्न जिल्लामा आँधीका कारण हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

महाराष्ट्रको जलगांवमा आइतबार दिउँसो ३ बजे एउटा रुख झुपडीमा खस्दा १७ र १२ वर्षका दुई दिदी बहिनीको मृत्यु भयो । उनीहरुकी आमाको स्थिति गम्भीर छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले आँधीका कारण राज्यमा २ जनाको मृत्यु भएको छ ।

तमिलनाडुका कन्याकुमारीमा पर्खाल भत्कँदा २ जनाको मृत्यु भएको छ । यसमा २ वर्षका एक बच्चा र ३६ वर्षका एक व्यक्ति समावेश छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!