हिपमत डटकम

सोमबार, जेठ ०३, २०७८ || 523  पटक पढिएको

‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट-२०२१ बर्ष पुरस्कार प्रदान गरेको छ।

परिवार, बिधालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट बिद्यार्थीहरु मध्येबाट छानिने एक बिद्यार्थी लाई बार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५,००० डलर छ।

ब्लूमक्विस्ट परिवारिक प्रतिष्ठानले धेरै लामो समय देखि ‘कलेज एक्सेस फेयरफ्याक्सः ओपनिंग डोर टु द फ्युचर’ नामक संस्था मार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कुरा कलेज एक्सेस फेयरफ्याक्सद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ।

उक्त पुरस्कार पाए पछि नेपाली -अमेरिकी चेली सुकृति शर्माले भनिन, यो उनको कडा परिश्रम, बुबा आमाको प्रोत्साहन र आफ्नो सृजनशिलताको परिणाम हो। सुकृतिले आफ्नो भाई साइमनसंग मिलेर लेखेको ‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रह अमाजनमा उल्लेखनिय रुपमा बिक्रि भैरहेको छ।

उक्त पुस्तकलाई फेयरफ्याक्स काउन्टि पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ। उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनान स्थित शरणार्थी शिविरहरूमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतिले बताइन।

भविष्यमा विश्व भरीका बालबालिकाहरूको स्वास्थ्यका लागि आफ्नो जीवन लगानी गर्ने सोच बनाएकी सुकृतीले सानै उमेर देखि स्थानीय एबम राष्ट्रिय स्तरका समाचारपत्रहरूमा बालबालिकाहरूको पक्षमा आफ्ना लेखहरु प्रकाशन गर्दै आइरहेकी छिन।

“अमेरिकाको भविष्यका डाक्टरहरु” नामक स्कूल स्तरीय क्लबको उपाध्यक्ष समेत रहेकी सुकृतिले सप्ताहान्तमा इनोभा फेयरफ्याक्स क्याम्पसमा स्वयम्सेविकाको रुपमा काम गर्दै आइरहेकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!