हिपमत डटकम

आइतबार, जेठ ०२, २०७८ || 809  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ वैशाखमा लिएको पद तथा गोपनीयताको सपथ विवादमा परेको छ । सपथकै बीचमा ओलीले केही शब्द छुटाएका छन् भने राष्ट्रपतिले दोहोर्याएर भन्दा त्यो पर्दैन भनेका छन् । सपथबारे सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

ओलीको सपथविरुद्ध कानुनी र राजनीतिक दुवै प्रश्न उठाइएको छ । कानुन व्यवसायीहरुले सपथ त्रुटीपूर्ण भनेका छन् । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र केशरजंग केसीले सपथ त्रुटीपूर्ण भन्दै रिट हालेका छन् । उनीहरुले संविधानको धारा ८० अनुसार सपथ बदर गरेर पुनः सपथ गराउन माग गरेका हुन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले लिएको सपथमाथि प्रश्न उठाएका छन् । उनले विज्ञप्ति जारी गरी सपथग्रहणमा प्रतिज्ञा गर्दछु भन्ने वाक्यांश नभनी त्यो पर्दैन भनेर राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको तर्क गर्दै पुनः सपथग्रहण गराउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!