जेठ २० गते भित्र परीक्षा सकाउन काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई निर्देशन दिएको छ । महानगरले आज एक सुचना प्रकाशित गर्दैे विद्यालयले जेठ २० भित्रमा परिक्षा सकाएर जेठ मसान्तसम्म परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्देशन दिएको हो ।

महानगरद्वारा प्रकाशित गरेको सुचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम बिद्यालय अनुकुल उपयुक्त मुल्यांकन प्रक्रिया अपनाई जेठ २० गतेसम्म परिक्षा सम्पन्न गरी जेठको मसान्तसम्म नतिजा प्रकाशन र आषाढको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र संचालन गर्ने व्यवस्था मिलाउन सम्बिन्धत सबैमा जानकारी गराइन्छ ।’

विभागले अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर विद्यालय अनूकुल हुने गरी परीक्षा लिन भनेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!