कोरोना संक्रमणको दोस्रो लहर चलेयता शनिबार सम्म मा रंगेली नगरपालिका भित्र १०६ जना काेराेना सङ्क्रमित भेटिएका छन ।
अहिले सम्म रंगेली नगरपालिका भित्र सङ्क्रमितका सुची :-
१ नम्बर बडा : ४
२ नम्बर बडा : १३
३ नम्बर बडा : ४
४ नम्बर बडा : १४
५ नम्बर बडा : ९
६ नम्बर बडा : २७
७ नम्बर बडा : १५
८ नम्बर बडा : ७
९ नम्बर बडा : १ जना र अन्य : १२ जना गरि एक सय ६ जना काेराेना पाेजेटिव फेला परेका छन ।
काेराेना सङ्क्रमण दिन प्रतिप्रतिदिन बडदै गए पछि
रंगेली नगरपालिकाले अस्पतालमा २० शैयाको कोभिड १९ हस्पीटल र तिरुपती आर्यघाटमा ५० बेडको आईशोलेसन सेन्टर समेत सन्चालनमा ल्याएकाे छ । बिहान १० बजे सम्मका लागि अति आवश्यक सामान खरिदको लागि खाधान्न, निर्माण सामाग्री र स्वास्थ्यसंग सम्वन्धित पसलहरु खोल्ने भनिएता पनि रंगेली काे गुद्रिमा दैनिकी भिडभाड भने कायमै छ । यसरी भिडभाड हुदा काेराेना काे सङ्क्रमण समेत बडने सम्भावना बडि मात्रामा देखिन्छ । नगरपालिकाले समयमै गुद्रि वजार लाई ब्यवस्थापन गर्ने सकेन भने रंगेली मा पनि काेराेना काे महामारी नआउला भन्न सकिदैन ।
हाल रंगेली कोभिड १९ हस्पीटलमा ५ जना संक्रमितको उपचार भइरहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेले बताए । निषेधाज्ञा लागू भए पछि ईलाका प्रहरी कार्यलय रंगेली नगरपालिका भित्र समेत कडाइका साथ सर्वसाधारण हरु लाई आवतजावतमा कडाई गर्नु का साथै अटेर गरेर हिड्ने लाई समेत हाेल्ड गरेर एक घन्टा सम्म सडकमै उभ्याउने गरेका छन ।