हिपमत डटकम

आइतबार, जेठ ०२, २०७८ || 649  पटक पढिएको

महोत्तरीको बलेवा नगरपालिका–११ मा शारीरिक रुपमा अशक्त एक युवती बलात्कृत भएकी छिन् । वैशाख २६ मा भएको सो बलात्कारको घटना गाउँमै मिलापत्र गराउने प्रयास गरिएको छ ।

२० वर्षीया युवतीलाई साँझ घरमा कोही नभएको मौकामा ३५ वर्षीय राजा उल्लाह शेषले बलात्कार गरेका थिए । हिँड्डुल तथा बोलचाल समेत गर्न नसक्ने युवतीलाई बलात्कार गर्ने निकाल टोल बस्ने आरोपी फरार छन् ।

बलात्कारको घटनालाई गाउँमै मिलाउनका स्थानिय पञ्चहरूले पीडित परिवारलाई दबाब दिदैँ आएको बताइएको छ । स्थानिय अगुवाको दवावका कारण पीडितले प्रहरी कार्यालयमा ढिला उजुर गरेका थिए ।

बलात्कार गरेको ४ दिनपछि मात्र प्रहरीले घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता (डिएसपी) प्रकाश विष्टले  बताए । ‘जाहेरी दर्ता गरेका छौं’ डिएसपी विष्टले भने–‘आरोपी फरार छन्, हामी खोजिरहेका छौं ।’

पीडितका परिवारले सो घटनापछि असुरक्षित महसुस भएको भन्दै जिवन रक्षाका लागी आवाज उठाउन पत्रकार र मानवअधिकारकर्मीसँग माग गरेका छन् ।

महोत्तरीका एसपी दिनेशकुमार आचार्यले गाउँमा छलफल भइसकेपछि मात्रै प्रहरीकहाँ जाहेरी आएको बताए । आरोपीको खोजी भइरहेको बताउँछन् एसपी आचार्य ।

बलात्कारपछि स्थानीय अगुवाहरुले ‘हल्ला गर्नुहुन्न’ भनेर पीडितलाई दवाव दिएको युवतीका परिवारले प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!