हिपमत डटकम

आइतबार, जेठ ०२, २०७८ || 460  पटक पढिएको

वैशाख पहिलो दिन बागलुङ नगरपालिका–१४ नारायणस्थानका अध्यक्ष चक्रबहादुर खत्रीले गाउँमा पीसीआरका लागि स्वास्थ्यकर्मी बोलाउँदा धेरैको गाली खाए । भारतबाट आएका ४ युवकबाट कोरोना संक्रमण फैलिएको आशंकामा उनले स्वास्थ्य कार्यालयबाट स्वाब संकलन गराएका थिए ।

चाडपर्वको दिन पीसीआर गराएको भनेर धेरैले स्वाब दिन मानेनन् । फेरि वैशाख ४ मा परीक्षण गरियो । जिल्लामै पहिलोपटक उक्त गाउँका ४७ जनामा संक्रमण पुष्टि भयो । तीमध्ये ३९ विद्यार्थी र शिक्षक थिए ।

गाउँभरि डेढ सय जनाभन्दा बढीमा संक्रमण देखिएपछि घरघरै कोरोना फैलिएको पुष्टि भयो । नारायणस्थानसँग जोडिएका १२ र १३ वडा समेटेर बलेवा क्षेत्रमा वैशाख ८ बाटै निषेधाज्ञा लगाइयो । ती वडामा वैशाखमा मात्र दुई दर्जन विवाहका भोज भए । चौरासी पूजामा भोज खाएका तस्बिर सामाजिक सञ्जालमा छरपस्ट देखिए । निषेधाज्ञा उल्लंघन गर्दै बस रिजर्भ गरेर जन्ती हिँडे । निषेधाज्ञा उल्लंघन गरेर छोराको विवाहमा जन्ती लगेको आरोपमा काठेखोला–१ का लालबहादुर खत्री पक्राउ परे । तर भोजभतेर आयोजना रोकिएन ।

अहिले ती वडामा १ सय ८५ जनाको पीसीआर गर्दा डेढ सय जनामा संक्रमण पुष्टि भएको स्थानीय नारायण रिजालले बताए । यसैगरी विवाह, भोज भएका कालीमाटी, तित्याङ र सिगानामा संक्रमितको संख्या बढ्दो छ । विवाहउत्सव मनाएका बडिगाड गाउँपालिका–४ मा एकै घरका चारसहित ६ जनाको मृत्यु भएको छ । एक सय संक्रमित छन् । चैत अन्तिम र वैशाख पहिलो साता भारत र सीमा क्षेत्रबाट आएकाहरू सुटुक्क गाउँ पुग्दा संक्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । ‘पहिलो चरणमा प्रवासी आए, अहिले भोजभतेरकै कारण संक्रमण बढेको हो,’ उनले भने ।

गलकोट नगरपालिकामा ५ जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिकाकी वडासदस्य तेजुमाया भण्डारी र ढोरपाटन–९ का पूर्वगाविस अध्यक्ष शेरमान घर्तीको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ । उनीहरू समेत भेला, भोजभतेरमा सहभागीपछि बिरामी परेका थिए । बागलुङमा शनिबारसम्म २४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ७ सय पुगेका छन् । गाउँमा स्वास्थ्य मापदण्ड पालना नगर्दा यस्तो अवस्था आएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!