हिपमत डटकम

शनिबार, जेठ ०१, २०७८ || 482  पटक पढिएको

काठमाडौं जिल्लाको गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्णेश्‍वर मन्दिर नजिक सडकमा बा.३ ख ४७७९ नम्बरको टिपरले बागमती प्रदेश ०२-०२० प ४५३० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा मोटरसाइकल चालक गोकर्णेश्‍वर नगरपालिका-२ नयाँपाटी घर भएका ४० वर्षीय नरेन्द्र बिक्रम घिसिङको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्धौलामा लु.४ त १७१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने सुक्कु लोहारको छोरा १२ वर्षीय कनैया लोहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!