पर्सा ।  निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिकाका विभिन्न स्थानहरूबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१० ठेगाना भएका २६ वर्षीय साहेव शेख, पोखरिया नगरपालिका-३ ठेगाना भएका १९ वर्षीय हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका-४ ठेगाना भएका ३० वर्षीय भोला प्रसाद साह, वीरगंज महानगरपालिका-१३ ठेगाना भएका ३० वर्षीय मोहम्द असरफ राइन र भारत विहार वेतिया वैरिया-३ ठेगाना भएका मुन्ना साह रहेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ रोगको संक्रमण रोकथाम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामार्फत बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गर्ने गराउने क्रममा उक्त निषेधाज्ञा उल्लंघन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँड्डुल, आवतजावतमा रोक लगाउने कार्यको लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पुर्‍याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!