रंगेली । रंगेलीमा आज फेरी एकै दिन थप ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
आज विहान २८ जनालाई कोरोना संक्रमण देखाएको थियो । रंगेली स्वास्थ्य शाखाले गत मंगलबारै संकलन गरेको १० जना स्वापको मध्ये ८ जनामा कोरोना देखिएको हो । थप ७ जनाको रिपोर्ट आउन बाकी नै रहेको स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले जानकारी दिए ।
संक्रमित अधिकांश कन्ट्याक ट्रेसिंगका हुन् । संक्रमित रंगेली वडा नं. ४ का १ जना, वडा नं.५ का २ जना, वडा नं.६ का १४ जना, वडा नं.७ का ७ जना र वडा नं.८ का ४ जना रहेका छन् ।
आज कुल संक्रमित ३६ जना पुगेका छन् । रंगेली नगरपालिकाले यस अघि नै संभावित जोखिमलाई मध्य नगर र कोभिड हस्पीटल तथा आईशोलेसन सेन्टर बनाई सकेको छ भने प्रशासनले निषेधाज्ञालाई थप कडा गर्दै गएको छ ।
यो संगै रंगेलीमा संक्रिय संक्रमितको संख्या ७५ जना पुगेको छ भने निको हुनेको संख्या १८ जना रहेको छ ।