हिपमत डटकम

शुक्रबार, बैशाख ३१, २०७८ || 381  पटक पढिएको

तनहुँ, कञ्चनपुर, चितवन र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित सडकमा प्रदेश ०२-०१८ प. ७८९३ नम्बरको मोटरसाइकललाई ग.१ क २८७७ नम्बरको टिपरले बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक दोलखा घर भएका २७ वर्षीय सुरज बुढाथोकीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हाडजोर्नी अस्पताल आबुखैरेनी हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-६ मौरिफाटास्थित सडकमा से.१ त ४४४१ नम्बरको ट्याक्टरले से.३ प ३००५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रकाश रोकाया र सोही ठाउँ बस्ने २६ वर्षीय सुरज जप्रेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी चितवन जिल्लाको भरतपुर महानगरपालिका-११ बिशाल चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी मोरङ जिल्लाको ग्रामथान गाउँपालिका-४ स्थित लोहोन्द्र खोलामा को.१ त ४९०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका-७ बस्ने ३५ वर्षीय दिल कुमार मुडयारीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!