शुक्रबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले जेठ ११ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गर्दै मोरङ प्रशासनले थप १० दिनसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जेठ २ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ ११ गतेसम्मका लागी अल्पकालिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
पहिलो पल्ट बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि बसेको बैठकले भने बैशाख २४ गतेदेखि लागु हुने गरि जेठ १ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गरेको थियो ।