हिपमत डटकम

शुक्रबार, बैशाख ३१, २०७८ || 378  पटक पढिएको

म्यानमारको सेनाले जापानी पत्रकारलाई रिहा गर्ने बताएको छ । म्यानमारको सेना नियन्त्रित मिडियाकाअनुसार युकी किटाजुमीलाई रिहा गर्ने तयारी गरिएको हो । किटाजुमीलाई मिथ्या समाचार फैलाएको आरोपमा मुद्दा चलाइएको थियो । गत फेब्रुअरीमा सेनाले कू गरेपछि म्यानमारमा मुद्दा चल्ने किटाजुमी पहिलो विदेशी पत्रकार हुन् ।

म्यानमारको सेनाले किटाजुमीले कानुनको उल्लंघन गरेको तर जापानले अनुरोध गरेकाले उनलाई रिहा गर्न लागिएको बताएको छ । गत अप्रिल १८ मा म्यानमारको प्रहरीले उनलाई घरमा नै छापा मारेर नियन्त्रणमा लिएको थियो । मिथ्या समाचार फैलाएको आरोप सत्य साबित भए उनलाई तीन वर्षसम्मको जेल सजाय हुन सक्थ्यो । जापानले निरन्तर उनको रिहाइको माग गर्दै आएको छ ।

 

सेनाले शक्ति आफ्नो हातमा लिएर म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ । यो अवधिमा म्यानमारमा ८० स्थानीय पत्रकार पक्राउ परेका छन् । जसमध्ये ५० जना अझै पनि हिरासतमा रहेको नियामक समूह एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले बताएको हो ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!