हिपमत डटकम

शुक्रबार, बैशाख ३१, २०७८ || 529  पटक पढिएको

जनकपुरधाम । प्रदेश-२मा माओवादी केन्द्रबाट पशमिना कादरीलाई सांसद बनेकी छन् । पार्टीले कारबाही गरेपछि रिक्त भएको समानुपातिकको कोटाबाट कादरी सांसद बनेकी हुन् ।

पार्टीले मुस्लिम कोटामा समानुपातिक सांसदको रुपमा पर्साको वीरगञ्ज महानगरपालिका १२ निवासी पशमिना कादरीलाई सांसद बनाएको र सभामुख सरोज कुमार यादवले शपथ ग्रहण पनि गराइसकेको माओवादी केन्द्रका सचेतक दिलिप साहले जानकारी दिए ।

मोहम्मद समीर, रामचन्द्र मण्डल, ज्वालाकुमारी साह र कुन्दन कुशवाहालाई एमालेमा प्रवेश गरेको भन्दै माओवादीले बर्खास्त गरेको थियो । समीरबाहेक तीन जना प्रत्यक्ष निर्वाचित सांसद थिए । समिर पदमुक्त भएपछि रिक्त पदमा कादरी सांसद बनेकी हुन् ।

प्रदेश २ मा माओवादीका कुल ११ सांसदमध्ये ४ जनालाई कार्वाही गरेपछि ७ जना सांसद रहेकोमा कादरीलाई सांसद बनाएपछि सांसदको संख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!