हिपमत डटकम

शुक्रबार, बैशाख ३१, २०७८ || 581  पटक पढिएको

कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था रहेको परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले लकडाउन स्टे कनेक्टेड अफरका रूपमा अनलिमिटेड डे डेटा बोनस योजना ल्याएको छ । कम्पनीले वैशाख ३१ देखि एक महिनाका लागि यो योजना ल्याएको हो ।अनलिमिटेड डे डेटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुने र यसको स्पिड १ एमबिपिएससम्म हुने जनाइएको छ ।

 

यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घन्टा हुने कम्पनीले जनाएको छ । दैनिक रूपमा एकपटक मात्र खरिद गर्न सकिने यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिने जनाइएको छ । सो समय अघिपछि डेटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डेटा प्याक वा पे एज यू गो उपयोग हुने कम्पनीले जनाएको छ ।

यस अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवाप्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डेटा उपलब्ध हुने जनाइएको छ । २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डेटा उपलब्ध हुने र २ दिनभित्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यसैगरी, ५ सय रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डेटा उपलब्ध हुने र ४ दिनभित्र प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यी अफरहरू फोरजी नेटवर्कमा प्रयोग गरी तीव्र गतिको डेटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।-दृष्टिबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!