सिरहा । बरियारपट्टी गाउँपालिका-३ वलुवा चोकस्थित सडकमा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा बरियारपट्टी गाउँपालिका- २ श्रिपुर बस्ने २३ वर्षीया प्रेमकला देवीको मृत्यु भएको छ ।
स.३ प २२३१ नम्बरको मोटरसाइकललाई ज.९ प १६७६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा स.३ प २२३१ नम्बरको मोटरसाइकलमा सवार उनको मुसहरनियामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालक समेत अन्य २ जना समान्य उपचार पछि डिस्चार्ज भएका छन् ।ज.९ प १६७६ नम्बरको मोटरसाइकलमा सवार चालक समेत दुई जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।