रंगेली । रंगेली नगरपालिकाको नगर स्तरीय कोरोना व्यवस्थापन केन्द्रले नगर भित्रको निषेधाज्ञालाई थप कडाई गर्ने भएको छ । रंगेली नगरपालिकाले २० शैयाको कोभिड १९ हस्पीटल र ५० बेडको आईशोलेसन सेन्टर सञ्चालनमा ल्याए संगै बजारमा निषेधाज्ञा उलङघन नियन्त्रणमा सक्रियता देखाएको हो ।

बिहिवार एलसिसिएमसि को बैठकले जिल्लाले जारी गरेको निषेधाज्ञालाई थप कठाई गर्ने सहित ५बुदे निर्णय गरेको छ । मानविय समस्यालाई ध्यान दिएर बजारमा १० बजे सम्मका लागी दिईएको अति आवश्यक सामान खरिदको समयमा अनावश्यक हिड्डुल बढेको प्रशासनको समेत बुझाई छ । संगै खाधान्न, निर्माण सामाग्री र स्वास्थ्य संग सम्वन्धीत पसलहरु खोल्ने जिल्ला प्रशासनको आदेश विपरित लत्ताकपडा, खाजा लगायतका पसलहरु लुकिछिपी पसल खोल्दै ग्रँहक पसल भित्र राख्ने गरेको जनगुनासो बढेपछी प्रशासन र एलसिसिएम बैठकले निर्णय गरेको छ । निषेधाज्ञा उलङघन गर्नेलाई कानुन बमोजिम गर्ने समेत निर्णय भएको छ ।

साथै बैठकले नगरपालिकाकोे अर्को निर्णय नहुन्जेल सम्मका लागाी नगरपालिका र वडाका अति आवश्यक बाहेकका काम पुर्ण रुपमा थप बन्द गर्ने, बित्तिय संघसंस्थाले विहान १० बजे देखी साढे १२ बजे सम्म सेवा दिने समय तोकेको छ भने कोरोना संक्रमितको तथ्याङक दैनिक नगरको पेजमा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

संगै नगर स्तरीय कोरोना व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका मेयर दिलिप वगडीया, नगरका प्रशासकिय प्रमुख टोम प्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमोल खड्का, शसस्त्र प्रहरी रंगेली विओपीका निरिक्षक कमल अधिकारी, स्वास्थ्य शाखा संयोजक ब्रजेश मेहताले रंगेली अस्पतालमा सञ्चालनमा आएको कोभिड हस्पीटल र ओपीडी सेवाको कार्य सम्पादनको अनुगमन तथा रंगेली तिरुपती आर्यघाटमा रहेको आईशोलेसन सेन्टरको निरिक्षण समेत गर्नुभएको थियो । हाल रंगेली कोभिड १९ हस्पीटलमा ३ जना संक्रमितको उपचार भइरहेको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाँडे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!