प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन् । माधवकुमार नेपालसँग निर्णायक वार्ताका लागि उनी बालुवाटारबाट निस्किएका हुन् ।

प्रधामन्त्री ओली २ बज्नै लाग्दा निस्किएका हुन् । ओली र नेपालबीच एमालेको एकता जोगाउन निर्णायक वार्ता तय भएको छ ।

यसअघि ओलीले टेलिफोन वार्ता गरी नेपालसँग वार्ता तय गरेका थिए । यो भेटलाई चासोका साथ हेरिएको छ ।

ओलीले २० एमालेका प्रत्यक्ष निर्वाचित सांसदलाई राजीनामाबाट रोक्न प्रयासस्वरुप सहमतिको सुत्रका लागि छलफल बढाएका छन् ।

आजै राष्ट्रपति भण्डारीले बहुमतको सरकार निर्माणका लागि गरेको आव्हानको समय सकिदैछ । यस्तो अवस्थामा ओलीको सक्रियता अर्थपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!