पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएको तीन दिनमै पुनर्नियुक्ति पाएका छन् । गुरुङले मुख्यमन्त्री पदबाट गत आइतबार राजीनामा दिएका थिए भने बुधबार प्रदेश प्रमुख सीता पौडेलले उनलाई पुनः मुख्यमन्त्री पदमा नियुक्त गर्दै सपथ समेत गराइन् ।

प्रदेश प्रमुख पौडेलले आइतबार मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै दलहरूलाई बहुमत जुटाएर सरकार गठनका लागि तीन दिनको समय तोकेकी थिइन् ।

तर दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठन हुन नसकेपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलका रुपमा एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । मुख्यमन्त्रीमा नियुक्त गुरुङ प्रदेशसभामा एमाले संसदीय दलका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!