हिपमत डटकम

बुधबार, बैशाख २९, २०७८ || 802  पटक पढिएको

रंगेली । कोरोनाको महामारी बिच रोटरी क्लवहरुले संयुक्त रुपमा रंगेली अस्पताललाई ३१ थान अक्सीजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

अस्पताललाई रोटरी क्लव अफ विराटनगर डाउन टाउन, रोटरी क्लव अफ विराटनगर र रोटरी क्लब अफ फयुजनको संयुतm सहयोगमा अक्सीजन सिलिण्डर सहित फलो मिटर र माक्स लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
रंगेली नगरपालिकाले रंगेली अस्पतालको सहकार्यमा सञ्चालनमा ल्याउन लागेको २० शैयाको कोभिड १९ हस्पीटललाई सो सहयोग रोटरी क्लबहरुले उपल्वध गराएका हुन् ।

रंगेली नगरपालिका मेयर दिलिप वगडीयाको पहलमा रोटरी क्लबले सो सहयोग गर्दै सोमबार रंगेली अस्पतालका मे.सु डा. रोहेन्द्र पाडेलाई क्लबका प्रतिनिधिहरुले स्वास्थ्य सामाग्री उपल्वध गराएका थिए । कोरोनाको महामारीमा सामाजिक उत्तरदायीक निर्भाह गर्दै अक्सीजन अभावकै कारण ज्यान गुमाउनु नपरोस भनी स्वास्थ्य सामाग्री प्रदान गरिएको रोटरी क्लब अफ फयुजनका पुर्व अध्यक्ष सौरभ अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!