हिपमत डटकम

बुधबार, बैशाख २९, २०७८ || 395  पटक पढिएको

नेपाली काँग्रेसले सरकार गठनको पहल गरिरहेको खबर भारतीय सञ्चारमाध्यममा प्रकाशित भएको छ । राजनीतिक दलहरु संसदीय अंकगणितको खेलमा सक्रिय रहेको विषय यसमा जोडिएको छ ।

समाचार एजेन्सी पीटीआईको खबर इन्डियन एक्सप्रेसलगायत पत्रपत्रिकाको अनलाइन संस्करणले प्रकाशित गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रको साथ रहेको र उनले जनता समाजवादी पार्टीको साथ लिन पहल गरिरहेको उल्लेख छ ।

तर, जसपा काँग्रेस नेतृत्वको गठबन्धन सरकारलाई साथ दिने र नदिनेमा विभाजित रहेको उल्लेख छ । जसपाले साथ नदिए माधवकुमार नेपाल पक्षधर २८ सांसदले राजीनामा दिएर जसपाको उपेन्द्र यादव पक्षधर १५ सांसदको साथमा बहुमत पुर्याउने रणनीति बनेको खबरमा भनिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनमा गएमा उपेन्द्र यादवमाथि कारबाहीको चेतावनी दिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!