हिपमत डटकम

बुधबार, बैशाख २९, २०७८ || 496  पटक पढिएको

भारतको एक दैनिक अखबारले नेपालको राजनीतिक घटनाक्रमबारे सम्पादकीय लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ दिल्लीको अझै साथ रहेको उल्लेख गरेको छ । भारतको सुझाव अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तटस्थ बस्ने भूमिका निभाएर ओलीलाई साथ दिइएको भनिएको छ ।

जनता समाजवादी पार्टीको अर्को पक्षका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ओलीलाई हटाउन चाहिरहँदा ठाकुरको भूमिका फरक आएको हिन्दुस्तान टाइम्सले मङ्गलबारको सम्पादकीयमा भनेको छ । बहुमतको सरकार निर्माणको आव्हान राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको र त्यो नभए फेरि ओलीलाई नै सरकार गठनको लागि डाकिने उल्लेख छ ।

सम्पादकीयमा दिल्लीले राजनीतिक प्रक्रियालाई सिधा चल्न दिनुपर्ने र नयाँ विकल्पमा जान दिनुपर्ने सुझाव समेत दिइएको छ । नयाँ सरकारलाई साथ दिई कोरोना महामारीसँग जुधिरहेको छिमेकीलाई सहयोग गर्नुपर्ने सम्पादकीयको जोड छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!