हिपमत डटकम

बुधबार, बैशाख २९, २०७८ || 643  पटक पढिएको

कोभिड–१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सवैलाई आग्रह गरेको छ ।

निर्देशनालयले भनेको छ– ‘लैंगिक हिंसा भएमा प्रहरीको १०० नम्बर बालबालिका सम्बन्धी १०४ नम्बरमा सम्पर्क गरौं ।’ कोभिड महामारीको बीचमा पनि प्रहरीले हिंसा तत्काल सम्वोधन गर्न र गुनासो सुन्ने संयन्त्र विकास गरेको छ । महामारीमा हिंसा बढ्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले सचेत हुन सवैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!