नेकपा (एमाले) का प्रभावशाली युवा नेता तथा सांसद महेश बस्नेतले आज प्रचण्ड, बाबुराम र उपेन्द्र यादबलाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नहटाइ नभएको बताएका छन् । उता, वरिष्ठ नेता रामचन्द्र पौडेलको दबाबमा कांग्रेसलाइ सत्ताको नेतृत्व नलिई नभएको पनि टिप्पण गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता बस्नेतले यस्तो बताएका हुन् ।

उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुारम भट्टराईप्रति पनि गम्भीर आरोप लगाएका छन् । उनले भनेका छन्–‘आज बाबुराम र उपेन्द्र यादवहरुले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना साँसदहरुलाइ कहाँ लुकाएर राख्नु भएको छ ? के तिनीहरु अपहरणमा परेका होइनन ? लुम्बिनी प्रदेशका सांसदहरूलाइ घरी एउटा निर्णय घरी अर्को निर्णय गरेर पार्टीको कुनै निर्णय बिना फेक हस्ताक्षर गरेर चार जना साथीहरुको सांसद पद खाएर कसको स्वार्थको लागि कस्को सेवा गरिरहनु भएको छ ? बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चाहना र उपेन्द्रको मनमा रहेको उपप्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि यस्त हर्कत किन गर्नु भएको छ ?’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!