उदयपुर । बेलका नगरपालिका-७ बस्ने घमन राईको घर छेउमा पार्किङ गरी राखिएको को.१ ज १९१८ नम्बर र को.१ ज २९४५ नम्बरक २ वटा पिकअप गाडीमा सोमबार राति आगलागी हुँदा दुवै गाडीका अगाडिको भाग जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागी हुनुको कारण हालसम्म खुल्न सकेको छैन ।
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।