युवा ब्यावसायी विवेक नेपाल आफ्नो ब्यावसाय संगै सामाजिक काम मा पनि निकै सक्रिय देखिन्छ। नेपाल आफुलार्इ ब्यावसायी मात्र नभएर आफुलाई सामाज सेवा गरेर समाजसेवि बन्न रुचाउछ ।
यो भन्दा अगाडि पनि उनी थुप्रै गरीब तथा असाहयहरुलार्इ सहयोग गरेका छन् । नेपाल सहित उनको टिमले हिजो मातातिर्थ अौसि को अवसरमा काठमाडौ को कालिमाटीमा रहेको आमा घरमा रहेका ३० जाना वृद्धा आमाहरुलाइ माक्स, सेनिटाइजर बाडनुका साथै भोजनका लागि मिठाई , खाद्ययान्न सामाग्री र ४ थान खाना पकाउने ग्यास सिलिन्डर प्रदान गरेका छन् ।
ब्यावसायी नेपालले यस्तो कोरोना महामारीको यस्तो अवस्थामा दल, राजनीति ब्यावसायको कुरा छोडेर एक अर्काको सहयोग गर्नु नै हाम्रो मानवता हो र यसको लागि म र मेरो समुह जहिले पनि सकृय रहने हिपमत डटकमलाई बताए । वहाँले थोरै भए पनि एक अर्कासंग सहकार्य गरि निभेको चुलो बाल्न सहयोगको हाथ अगाडी बढाउन सबै संग अग्रह समेत गरेका हुन् ।