बिराटनगर । सुनवर्षि नगरपालिकाका बिभिन्न वडाका २५ जना एकल महिला तथा बृद्धअबस्थाका आमाहरुलाई आज आमाको मुख हेर्ने दिनको अवसर पाएर सुनवर्षि नगरपालिकाका उपमेयर मन्जु राईले साडि ,मिटाई तथा माक्स बितरण गर्नु भएको छ ।सामाजिक दुरि कायम गर्दै घरघरमा नै पुगेर उपमेयर राईले मायाको कोशेलि बितरण गर्नु भएको छ ।
आफ्नो आमाको सम्झनामा हरेक बर्ष राईले यस्तो सामाजिक कार्य गर्दै आईरहनु भएको छ ।उपमेयर राईले सुनवर्षि नगरपालिकाका सम्पुर्ण आमाहरु मेरो आमा हुनुहुन्छ भन्दै मायाको कोशेलि बितरण गर्दै भाबुक समेत हुनु भयो ।मेरोलागि मेरो आमा बुवा यहि नगरपालिकाका जेष्ठ नागरिकहरु हुनुहुन्छ उहाँहरुलाई सदैब माया र सम्मान गर्नु गर्ने छु ।
मायाको कोशेलि बितरण कार्यक्रममा हिपमत मिडिया हाउसका अध्यक्ष बीरेन्द्रकुमार साहको समेत उपस्थिति थियो ।उपमेयर राईले जुन काम गर्नु भयो आज त्यो नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिले सिक्नु पर्ने बताउनु भयो ।यसरि जेष्ठ नागरिकहरुको सम्मान गर्नु पर्दछ ।उहाँहरुलाई उहाँहरुको छोराछोरि जस्तै माया र स्नेह दिनु पर्दछ साहले तारिफ गर्दै भन्नु भयो ।