हिपमत डटकम

मंगलबार, बैशाख २८, २०७८ || 565  पटक पढिएको

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई इमेलमार्फत् पत्र लेख्दै पार्टीले कुनै पनि सरकारमा सहभागी हुने निर्णय नलिएको जानकारी दिएका छन् । आज उनले पठाएको पत्रमा जसपा गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी नुहने उल्लेख गरेका छन् ।

ठाकुरनिकट एक नेताले विपक्षी गठबन्धनमा उपेन्द्र यादवको हस्ताक्षरलाई व्यक्तिगत भनिएको छ । ठाकुरले पार्टीको आधिकारिक पहिलो अध्यक्ष आफू रहेको दाबी समेत गरेका छन् ।

‘विपक्षी गठबन्धनमा उपेन्द्र यादवको हस्ताक्षर व्यक्तिगत हो,पार्टीको आधिकारिक पहिलो अध्यक्ष म हुँ।पार्टीले कुनै पनि सरकारमा सहभागी हुने निर्णय लिएको छैन।त्यसकारण जसपा गठबन्धन सरकार निर्माण प्रक्रियामा सहभागी हुँदैन।,’ ठाकुरनिकट नेताले इमेलपत्रबारे भने । बहुमतको गठबन्धन सरकारमा जसपा सहभागी हुने गरी अध्यक्ष उपेन्द्र यादवले २७ वैशाखमा हस्ताक्षर गरेको भोलिपल्ट अर्का अध्यक्ष ठाकुरले राष्ट्रपति भण्डारीलाई पत्र लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!