हिपमत डटकम

सोमबार, बैशाख २७, २०७८ || 520  पटक पढिएको

धनुषा, पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-९ डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका-२ घर भएका बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानरगपालिका-९ बाह्र बिघास्थित उक्त स्टोरबाट १ हजार ७ सय रुपैयाँ पर्ने पल्स अक्सिमिटर २ हजार ५ सय देखि ३ हजार रुपैयाँ सम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न साहलाई पक्राउ गरेको हो । साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!