हिपमत डटकम
काठमाडौं,२३:  भ्रष्टाचार कसुर अनुसन्धानको हदम्याद बढाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमा छवटा संशोधन दर्ता भएका छन् । विधेयकमा संशोधन दर्ता गर्ने क्रम सकिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अनुसन्धानका लागि तोकिएको हदम्याद बढाउन प्रस्ताव गरेका छन् । काँग्रेसका तर्फबाट सांसद राधेश्याम अधिकारीसहितका चार जनाले संशोधन दर्ता गरेका छन् । संशोधनमा अवकाशप्राप्त कर्मचारीको अनुसन्धानको हदम्याद पाँच वर्षबाट बढाएर दस वर्ष पु¥याउन प्रस्ताव गरिएको छ । राजपाका तर्फबाट सांसद वृशेषचन्द्र लालले दर्ता गर्नुभएको संशोधन प्रस्तावमा पनि हदम्याद दस वर्ष पु¥याउन माग गरिएको छ । काँग्रेस र राजपाको संशोधन प्रस्ताव हुबहु छ । यस्तै विकासनिर्माण कार्यसम्बन्धी कार्यका हकमा आयोगले मिसिल, प्रमाण प्राप्त भएको मितिले १८० दिनभित्र अनुसन्धान र तहकिकात गरिसक्नुपर्ने गरी हदम्यादको व्यवस्था गर्नुपर्ने काँग्रेस र राजपाको संशोधनमा उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन क्षेत्रमा अतुलनीय फड्को मार्छौं, विमानस्थलमा ठूलो लगानी भएको छ । लागत उठाउने ढङ्गले सेवा पनि दिने र व्यवसाय पनि गर्नुपर्छ ।”निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल पाँच वर्षमा सञ्चालनमा आउने चर्चा गर्दै उनले भने, “निजगढ विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ हो । ट्राफिक समस्या सम्पन्न नगरी मुक्ति पाइँदैन ।” ट्राफिक जाम भएर आकाशमै विमान होल्ड गर्नुपर्ने समस्या समाधानका लागि निजगढ विमानस्थलको विकल्प नभएको उनको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!