नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अब अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गर्न नसकिने भन्दै सामूहिक राजीनामा दिएर जानुपर्ने प्रस्ताव राखेका छन् । सिंहदरबारमा राजीनामा दिनेगरि भेला भएका सांसदहरुलाई सम्बोधन गर्दै नेता नेपालले अब छुट्टै पार्टी गठन गरेर अघि बढ्नुको विकल्प नरहेको ब्रिफिङ गरेका थिए । छलफलमा सहभागी एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा नेता नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

नेता नेपालको भनाई उद्धृत गर्दै ती सांसदले भने–‘अब पनि हामी अलमलमा पर्नुहुन्न, केपी ओलीसँग सम्झौता गर्नु भनेको हाम्रो लागि आत्मघाती हुन्छ । अब नयाँ पार्टी खोलेर जानुपर्छ । ओलीलाई पराजित गर्नुपर्छ । उनलाई ढाल्नुपर्छ ।

ओलीसँग सम्झौता गरेर जान सकिँदैन् । अहिले सम्झौता गर्नु भनेको ओलीलाई फाईदा हुन्छ । साथीहरु, हामी खुट्टा नकमाऔं । अहिले ओलीले कमिशनको चक्करमा पार्टीलाई बद्नाम गरे ।’ प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् । त्यसको लागि उनीहरु अहिले सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा सामूहिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!