काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बुढानीलकण्ठ पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न ठाकुर र महतो देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।
यही वैशाख २७ गते (भोलि) प्रधानमन्त्री केपी शर्मा अोलीले संसदमा विश्वासको मत लिने तयारी छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको समर्थनमा कांग्रेसलाई जुटाउन अध्यक्ष ठाकुरले महतोलाई लिएर देउवा निवासको ढोका चहारेका हुन् ।
अहिलेसम्म नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरेको छैन । कांग्रेसभित्र ओली सरकार ढाल्नुपर्ने मत नै बलियो द्ेखिएको छ । तर जसपा अध्यक्ष ठाकुर भने प्रधानमन्त्री ओलीलाई नै विश्वास मत दिनुपर्ने पक्षमा रहेका छन् । भलै जसपाभित्र अन्य नेताहरु ओलीको विरुद्धमा वा तटस्थ रहनुपर्ने पक्षमा छन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई ओलीको विपक्षमा छन् ।