हिपमत डटकम

शनिबार, बैशाख २५, २०७८ || 451  पटक पढिएको

सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ ।

ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री बन्न नदिन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भइसकेका छन् । जसपा नेता उपेन्द्र यादव पनि देउवा र प्रचण्डकै पक्षमा छन् । तर, जसपाको महन्थ ठाकुर पक्षधर ओलीसँग मिलेर जाने पक्षमा देखिएका छन् ।

ओलीलाई सत्तामा रहनबाट विफल बनाउने बल अब माधवकुमार नेपालसँग मात्र देखिएको छ । त्यसका लागि उनले आफू पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरुलाई राजीनामा गर्न लगाउन सक्नुपर्छ । देउवाको चाहना पनि त्यही हो ।

नेपाल समूहका १५ देखि २१ सांसदले राजीनामा दिएमा काँग्रेस, माओवादी केन्द्र र जसपाको एउटा पक्ष मिलेर प्रतिनिधि सभामा बहुमत संख्या पुर्याउन सक्छन् । त्यतिबेला संविधानको धारा ७६ २ बमोजिम काँग्रेस, माओवादी र जसपाको यादव समूह मिलेर बहुमतको सरकार बन्न सक्छ । त्योबाहेकमा बहुमत पुग्न जसपाका सबै ३२ सांसदको मत यतायता नभई काँग्रेस र माओवादीसहितको गठबन्धनमा पर्नुपर्छ ।

ओलीले निर्णायक शक्ति माधव नेपाल भएको बुझेरै उनलाई फकाउन पहल गरिरहेका छन् । नेपाल समूहका प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट र घनश्याम भुसाललाई बालुवाटारमा डाकेर छलफल गरेका छन् । नेपाल समूहलाई विद्रोहबाट रोक्न अनेकन उपाय अपनाइरहेका छन् ।

२१ प्रत्यक्ष निर्वाचित एमाले सांसदको हस्ताक्षरसहित राजीनामाको पत्र तयार गरेर बसेका माधव नेपालले के गर्लान् ? यो चासोको विषय बनेको छ । नेपालले ओली २ जेठ २०७५ को अवस्थामा एमालेलाई ल्याउन तयार भएमा सहमति बन्ने अन्यथा नबन्ने अडान लिएका छन् । यही बटमलाइनमा कुरा चलिरहेको छ । यसमा कुरा नमिले माधव नेपाल ओली सरकार ढाल्ने गरी कठोर निर्णयमा पुग्नसक्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!