हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 520  पटक पढिएको

विवेकशील साझा पार्टीले खोप खरिदका विषयमा सरकारलाई ४ प्रश्न गरेको छ ।

खोप प्रकरणबारे हालसम्म सार्वजनिक समाचार र तथ्यहरूको समीक्षा गर्दा सरकारको अक्षमता, नालायकी, अकर्मण्यता र भ्रष्टता देखिएको भन्दै विवेकशील साझाले व्यापारीहरूको थाप्लोमा सम्पूर्ण दोष थोपरेर सरकार चोखिन नसक्ने बताएको छ ।

प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा महामारीमा यदि केही व्यापारीकै कारण खोप खरिद तथा आयातजस्तो संवेदनशील प्रक्रियामा अवरोध सिर्जना भएको हो भने ती व्यापारीमाथि किन कारबाही नगरेको भनी प्रश्न गरिएको छ ।

‘केही व्यापारीका अगाडि निरीह देखिएर उनीहरूको टाउकोमा दोष थोपर्दै भयावह स्थितिबाट सरकार उम्कन मिल्छ ? फेरि, त्यस्ता व्यापारीहरू सरकार हाँक्ने नेताहरूबाटै संरक्षित छैनन् र ?’ विज्ञप्तिमा प्रश्न गरिएको छ ।

विवेकशील साझा पार्टीले भारतीय उत्पादकबाट खोप ल्याउन बिचौलियाले रोकेको र त्यो अवरोध सल्टाउन कठिन भएकै हो भने अन्यत्रबाट खोप ल्याउने प्रक्रिया किन अघि नबढाएको भनी प्रश्न गरेको छ ।

प्रधानमन्त्रीले घोषणा गरेअनुसार नेपालमा खोप ल्याउन सरकारलाई के ले रोकेको भनेर पनि प्रश्न गरिएको छ ।

‘चाहे व्यापारी हुन् या सरकार, यस्तो विपदमा पनि निहित स्वार्थ वा लाभबाट प्रेरित भएर खोप आयातमा अवरोध सिर्जना गर्नु तथा अलमल गर्नु अक्षम्य अपराध हो’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ खोप प्रकरणमा संलग्न सबैमाथि छानबिन होस्, दोषी देखिएमा कडा कारबाही होस् ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!