हिपमत डटकम

शुक्रबार, बैशाख २४, २०७८ || 698  पटक पढिएको

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढानिलकण्ठमा भेटेका छन् । आज साँझ दुई नेताबीच अबको रणनीति टुंगो लगाउनेबारे गम्भीर कुराकानी भएको बुझिएको छ ।

देउवा र प्रचण्डबीचको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि प्रधानमन्त्री पदमै रहने रणनीतिलाई विफल बनाउनेबारे छलफल भएको थियो । विश्वस्त स्रोतका अनुसार दुई नेताबीच बहुमतको सरकार बनाउने समिकरणबारे समेत कुराकानी भयो ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिनु अघि तिव्र रुपमा राजनीतिक घटना विकास भइरहँदा देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । ओलीले एमालेलाई विभाजित हुन नदिन विभिन्न माध्यमले माधव नेपालसँग सहमति विकास गर्न खोजिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!